नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु
onlinekhabar.com · Mon Nov 09 09:02:27 UTC 2026

२३ कात्तिक, काठमाडौं । नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो।
मोटरसाइकल अनियन्त्रित भई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई विदुर–९ मा बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर–१३ की ३१ वर्षीया विन्दा थापामगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापामगरको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)