आज सुनको मूल्य तोलामा १ हजार ३०० र चाँदीको ४५ रुपैयाँले बढ्यो
arthadabali.com · Mon Nov 09 09:12:37 UTC 2026

काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८५५ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८१० कायम भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)