मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अन्तरिक्षमा चीनको तीव्र सैन्य विस्तार: अमेरिकी प्रभुत्वका लागि बढ्दो चुनौती

hamrakura.com · Mon Nov 09 00:00:00 UTC 2026

काठमाडौँ। अमेरिकी रक्षा गुप्तचर निकाय (डीआईए) को नयाँ प्रतिवेदन अनुसार चीनले अन्तरिक्षमा आफ्नो सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गर्दै अमेरिकी प्रभुत्वलाई गम्भीर चुनौती दिइरहेको छ। उपग्रह निगरानीदेखि प्रतिउपग्रह हतियारसम्मका प्रविधि विकास गरिरहेको चीनका कारण अमेरिका र उसका सहयोगी राष्ट्रहरूका अन्तरिक्ष प्रणालीमा सुरक्षा खतरा बढ्दै गएको प्रतिवेदनको मूल्याङ्कन छ।

अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो यस प्रतिवेदनले चीन, रुस, इरान र उत्तर कोरियालाई अमेरिकी अन्तरिक्ष सुरक्षाका प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ। यी देशहरूले उपग्रह प्रणाली अवरुद्ध गर्ने, क्षति पुर्‍याउने वा नष्ट गर्न सक्ने प्रविधि निरन्तर विकास गरिरहेको उल्लेख गर्दै प्रतिवेदनले विशेषगरी चीन र रुसको जामिङ, साइबर आक्रमण तथा प्रत्यक्ष विनाशकारी हतियारको क्षमतातर्फ ध्यानाकर्षण गराएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)