किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी
nepalviews.com · Mon Nov 09 09:39:44 UTC 2026

हेटौँडा। सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन् तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक दृश्य देखियो । कक्षा ४ मा अध्ययनरत छोरी अधिश्री दाहालले आमालाई पुराना कागजबाट नयाँ कागज बनाउने तरिका सिकाइन् ।
विद्यालयमा सिकेर आएको सीप छोरीले आफूलाई समेत सिकाएपछि ढुङ्गाना खुसी भइन् । खेर गएका कागजलाई पुनःप्रशोधन गरेर नयाँ कागज बनाउन सकिने कुरा छोरीबाटै थाहा पाउनु उनका लागि नौलो अनुभव थियो । “मेरी छोरीले विद्यालयमा खेर गएका कागजबाट नयाँ कागज बनाउन सिकेकी छन् । उनले मलाईसमेत कागज कसरी बनाउने भनेर सिकाइन्”, ढुङ्गानाले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)