किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी
kendrabindu.com · Mon Nov 09 09:51:55 UTC 2026

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन् तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक दृश्य देखियो। कक्षा ४ मा अध्ययनरत छोरी अधिश्री दाहालले आमालाई पुराना कागजबाट नयाँ कागज बनाउने तरिका सिकाइन्।
विद्यालयमा सिकेर आएको सीप छोरीले आफूलाई समेत सिकाएपछि ढुङ्गाना खुसी भइन्। खेर गएका कागजलाई पुनःप्रशोधन गरेर नयाँ कागज बनाउन सकिने कुरा छोरीबाटै थाहा पाउनु उनका लागि नौलो अनुभव थियो । “मेरी छोरीले विद्यालयमा खेर गएका कागजबाट नयाँ कागज बनाउन सिकेकी छन्। उनले मलाईसमेत कागज कसरी बनाउने भनेर सिकाइन्”, ढुङ्गानाले भनिन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)