७२ हजार घुस लिने तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलाई ६ महिना कैद
kendrabindu.com · Mon Nov 09 10:18:05 UTC 2026

काठमाडौं । सडक ढलान योजनाको भुक्तानी दिने क्रममा ७२ हजार रुपैयाँ घुस लिएको अभियोगमा महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई विशेष अदालतले ६ महिना कैद सजाय सुनाएको छ।
विशेष अदालतले बिहीबार सुनाएको फैसलाअनुसार यादवलाई ६ महिना कैदसँगै ७२ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। साथै, पीडित राहत कोषमा २ हजार २८० रुपैयाँ जम्मा गर्नसमेत आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उक्त फैसला गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)