उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट
khabarhub.com · Mon Nov 09 10:24:15 UTC 2026

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)