एनपीएल : आवेशमा आएका सोमपालले अनौठो तरिकाले गुमाए विकेट
nepalpress.com · Mon Nov 09 10:27:58 UTC 2026
काठमाडौं । पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी अनौठो तरिकाले आउट भएका छन् । रिसको झोकमा एउटै बललाई दोस्रो पटक प्रहार गरेपछि उनलाई ‘अब्स्ट्रक्टिङ द फिल्ड’ शीर्षकमा आउट दिइयो ।
२१८ रनको कठिन लक्ष्य पछ्याइरहेको कर्णाली हारको संघारमा पुगेको थियो । १३० रनमा ६ विकेट गुमाइसकेको अवस्थामा सोमपाल कामी र पवन सर्राफ क्रिजमा संघर्ष गरिरहेका थिए । तर, आवश्यक मात्रामा रन बनिरहेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)