मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल : कीर्तिपुरमा चौका–छक्का, सुर्खेतको घण्टाघरमा हुटिङ र उत्सव

rajdhanidaily.com · Mon Nov 09 10:26:25 UTC 2026

सुर्खेत । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का खेल चलिरहँदा त्यसको रोमाञ्चकता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसम्म आइपुगेको छ । घण्टाघरस्थित डबलीमा सञ्चालन भइरहेको ‘एक्सट्रिम फ्यान पार्क’ यतिबेला क्रिकेटप्रेमीहरूको जमघट र मनोरञ्जनको आकर्षक केन्द्र बनेको छ ।

एक्सट्रिम इनर्जी ड्रिंक्सले सञ्चालन गरेको फ्यान पार्कमा एनपीएलका खेलहरू ठूलो एलईडी पर्दामार्फत प्रत्यक्ष प्रसारण भइरहेका छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएकाले क्रिकेटप्रेमीहरू साथीभाई र परिवारसहित डबली पुगेर खेलको प्रत्यक्ष प्रशारण हेर्दै खेलको मज्जा लिइरहेका छन् । मैदानमा खेलाडीले चौका र छक्का प्रहार गर्दा डबलीमा उपस्थित दर्शकको उत्साह पनि उत्तिकै बढ्ने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)