एनपीएलमा सोमपाल कामी दुर्लभ ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट
kendrabindu.com · Mon Nov 09 10:32:09 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी क्रिकेटको दुर्लभ नियम ‘अब्स्ट्रक्टिङ द फिल्ड’ अनुसार आउट भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमै निकै कम देखिने यस प्रकारको आउट सोमपालको नाममा समेत दर्ता भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णालीले १५औँ ओभरमा सोमपाललाई गुमाएको हो। पोखराका बलर विपिन खत्रीको १४.६ ओभरको बलमा ठूलो सट प्रहार गर्न खोज्दा बल उनको ब्याटमा लागेर अगाडि खसेको थियो। त्यसपछि पुनः ब्याट घुमाउँदा सोमपालको ब्याट बलमा लागेपछि पोखराका फिल्डरले अपिल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)