मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

'भद्रपुरको काली पूजामा प्रकृति संरक्षणको सन्देश'

annapurnapost.com · Mon Nov 09 10:37:38 UTC 2026

झापा : झापाको भद्रपुर नगरपालिका–६ कन्हाचोकमा यस वर्षको १०औँ श्री सार्वजनिक काली पूजामा प्रकृति संरक्षणको सन्देश दिने गरी आकर्षक पूजा पण्डाल निर्माण गरिएको छ।

बङ्गाली समुदायका युवाहरूले स्थापना गरेको क्लब बांग्ला भद्रपुरले हरेक वर्ष आयोजना गर्दै आएको काली पूजालाई यसपटक ‘प्रकृति संरक्षणमा जिम्मेवार बनौँ’ मानव भविष्य सुरक्षित बनाऔुं भन्ने मूल सन्देशसहित विशेष स्वरूप दिएको हो। पूजास्थलमा काली माताको मूर्ति स्थापना गरी बाँसका आकृति, माटोका घैँटा, खुत्रुके तथा विभिन्न चराचुरुङ्गीका प्रतिमा प्रयोग गरेर पण्डाल सजाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)