एनपीएलमा दुर्लभ घटना : पोखराविरुद्ध सोमपाल कामी ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट
clickmandu.com · Mon Nov 09 10:20:02 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखराविरुद्धको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी क्रिकेटकै दुर्लभ नियम ‘अब्स्ट्रक्टिङ द फिल्ड’ को सिकार बनेका छन् । पोखराले प्रस्तुत गरेको २१८ रनको विशाल लक्ष्य पछ्याइरहेको कर्णालीका लागि सोमपालको यो अनौठो बहिर्गमनसँगै टोली गम्भीर संकटमा परेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलको १५ औँ ओभरमा उक्त नाटकीय दृश्य देखिएको थियो। १४.६ ओभरमा पोखराका बलर विपिन खत्रीको बलिङमा उनी ‘अब्स्ट्रक्टिङ द फिल्ड’ (फिल्डिङमा जानी-जानी बाधा पुर्याएको) भन्दै आउट भएका हुन् । थर्ड अम्पायरले सोमपालले ‘अब्स्ट्रक्टिङ द फिल्ड’ गरेको भन्दै पेभेलियनको बाटो देखाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)