मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

ratopati.com · Mon Nov 09 10:42:55 UTC 2026

काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा भएका दुर्घटनामा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लु.१ ख ९७२६ नम्बरको बसले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगरका ७७ वर्षीय लखन अहिरको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)