मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संरक्षणको अभावमा छेडेदह ताल

gorkhapatraonline.com · Mon Nov 09 10:36:25 UTC 2026

छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ । यो ताललाई स्थानीयले प्रेम ताल पनि भन्दछन् । खप्तड छेडेदह गाउँपालिकामा अवस्थित उक्त ताल पछिल्लो समय पहिरोको उच्च जोखिमसँगै संरक्षण अभावमा सङ्कटमा पर्न थालेको हो ।

डाँडाकाँडा, शान्त वातावरण र मनमोहक प्राकृतिक दृश्यले घेरिएको यो ताल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सम्भावना बोकेको प्राकृतिक सम्पदा हो । प्राकृतिक पहिचानका रूपमा रहेको उक्त ताल आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)