सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको छ : मधु आचार्य
ratopati.com · Mon Nov 09 10:55:40 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै पारदर्शितामाथि गम्भीर प्रश्न उठ्न थालेको बताए ।
सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सरोकारवालासँगको संवाद अभावले मुलुकमा बिचौलियाहरू हाबी हुने अवस्था सिर्जना भएको उनको भनाइ थियो । कार्यकारी र सरोकारवालाबीच नियमित संवाद नहुँदा बिचौलियाहरूले सरकारका नाममा आफ्नो स्वार्थ पूरा गर्ने अवसर पाइरहेको उनले उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)