बुटवलका पूर्व वडाध्यक्ष रमेशप्रसाद नेपालको निधन
himalpress.com · Mon Nov 09 10:49:30 UTC 2026

बुटवल- बुटवल उपमहानगरपालिका वडा नं. २ का पूर्व वडाध्यक्ष एवं राजनीतिज्ञ तथा समाजसेवी रमेशप्रसाद नेपालको निधन भएको छ।
६० वर्षीय नेपालको आइतबार साँझ लक्ष्मीपूजा गर्ने क्रममा अचानक हृदयाघात भएको थियो। उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको गएराति नै बुटवलस्थित मैनाबगर रामघाटमा अन्त्येष्टि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)