कोप–३१ सुरु भएकै दिन प्रतिवेदन सार्वजनिक : २०२६ मा रेकर्डमाथि रेकर्ड, २०२७ अझ तातो हुने चेतावनी
ratopati.com · Mon Nov 09 11:06:18 UTC 2026

काठमाडौँ । सन् २०२६ मा विश्वले सामना गरेका जलवायु तथा मौसमसम्बन्धी चरम घटनाहरू आगामी वर्ष पनि जारी रहने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । विश्व मौसम विज्ञान संगठन ९डब्लूएमओ० ले सोमबार सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा पृथ्वीको जलवायु अवस्था ‘सीमाभन्दा बाहिर’ पुगेको उल्लेख गर्दै आगामी दिनमा अझ गम्भीर अवस्था आउन सक्ने चेतावनी दिएको हो ।
टर्कीमा संयुक्त राष्ट्रसंघको नेतृत्वमा विश्वकै ठूलो जलवायु सम्मेलन कोप–३१ सुरु भएकै दिन सार्वजनिक प्रतिवेदनले अभूतपूर्व जलवायु घटनाहरूको विवरण प्रस्तुत गरेको छ । प्राकृतिक जलवायु प्रणाली एलनिनो थप शक्तिशाली बन्दै गएकाले आगामी दिनमा तापक्रम अझ बढ्ने र चरम मौसमी घटना तीव्र हुने प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)