मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ मा नेपाल पेभिलियन उद्घाटन, हिमाली क्षेत्रमा जलवायु जोखिमबारे नेपालको चिन्ता

bishowkhabar.com · Mon Nov 09 11:05:05 UTC 2026

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किये ९टर्की० को आन्ताल्यामा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपाल पेभिलियन उद्घाटन गरेको छ । नेपालको जलवायु महत्वाकाङ्क्षा, जैविक विविधता संरक्षणमा हासिल उपलब्धि तथा समुदायस्तरमा सञ्चालन भइरहेका जलवायु अनुकूलनका प्रयास अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले पेभिलियन स्थापना गरिएको हो ।

पेभिलियन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिक प्रणालीले सामना गरिरहेका जलवायुजन्य जोखिम र चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । उनले हिमाली क्षेत्रमा हिउँ, हिमनदी तथा जमेको पानीको प्रणाली (क्रायोस्फियर) मा देखिँदै गएको परिवर्तनले गम्भीर जोखिम निम्त्याइरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)