उपरदाङ्गढीमा नेपाल टेलिकमको टावर जडान, वर्षौँदेखिको नेटवर्क समस्या समाधान
bishowkhabar.com · Mon Nov 09 11:15:53 UTC 2026

काठमाडौं – चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा नेपाल टेलिकमले मोबाइल टावर जडान गरेपछि स्थानीयवासीले वर्षौँदेखि भोग्दै आएको सञ्चार समस्या समाधान भएको छ। टावर नहुँदा फोन नलाग्ने र इन्टरनेट सेवा प्रयोग गर्न कठिनाइ हुँदै आएको यस क्षेत्रमा अहिले नेटवर्क सेवा सहज बनेको छ ।
स्थानीयको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उपरदाङ्गढीमा नेटवर्क सेवा सञ्चालनमा ल्याइएको हो । नेपाल टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले उक्त क्षेत्रमा नेटवर्क कमजोर रहेकाले टावर निर्माण गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)