मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्वको बिदामा पनि मानव अधिकार आयोगका कार्यालय खुला रहने

onlinekhabar.com · Mon Nov 09 11:14:55 UTC 2026

२३ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरू तिहार र छठ बिदाका दिनहरूमा पनि खुला रहने भएका छन् ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार मानव अधिकारको उल्लंघनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू बिदाका दिनमा पनि खुला राखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)