रोनाल्डोको सम्मानमा विमानको 7C सिट ‘रिटायर’ गरेको ट्रान्साभियाको घोषणा, के हो वास्तविकता?
barnanmedia.com · Mon Nov 09 11:16:37 UTC 2026
पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डो को सम्मानमा नेदरल्यान्ड्सको हवाई सेवा कम्पनी ट्रान्साभियाले एउटा रोचक अभियान सञ्चालन गरेको छ। कम्पनीले रोनाल्डोको जन्मस्थान पोर्चुगलको मडेइरास्थित फुन्चाल जाने आफ्ना उडानमा रहेको 7C नम्बरको सिटलाई प्रतीकात्मक रूपमा ‘रिटायर’ गरेको घोषणा गरेको हो।
कम्पनीले सामाजिक सञ्जालमा रोनाल्डोको सात नम्बर अंकित पोर्चुगलको जर्सी विमानको 7C सिटमा राखिएको तस्बिर सार्वजनिक गर्दै लेखेको छ, ‘CR7 ले फुटबलबाट बिदा लिँदा फुन्चाल जाने हाम्रा उडानका 7C नम्बरका सिटहरूले पनि बिदा पाएका छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)