मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

को हुन् एनभिडिया प्रमुखसँग प्रेम सम्बन्ध रहेको बताइएकी एलिस हुआङ ?

ratopati.com · Mon Nov 09 11:26:27 UTC 2026

काठमाडौँ। विश्वकै प्रमुख चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ यतिबेला व्यक्तिगत सम्बन्ध र राष्ट्रिय सुरक्षासँग जोडिएको विवादमा परेका छन्। उनीसँग प्रेम सम्बन्ध रहेको बताइएकी एलिस हुआङमाथि चीनको खुफिया निकायका लागि काम गरेको र एनभिडियासम्बन्धी संवेदनशील जानकारी संकलन गरेको आशंका गरिएको छ।

अमेरिकी खुफिया अधिकारीहरूका अनुसार एलिसले एनभिडियाका प्रमुखसँगको सम्बन्धलाई उपयोग गर्दै कम्पनीको चीनसम्बन्धी चिप कारोबारमा प्रभाव पार्ने प्रयास गरेको हुन सक्ने आशंका छ । यस प्रकरणमा दक्षिणपूर्वी एसियामा स्थापना गरिएका डेटा सेन्टर र करिब ४.८ अर्ब अमेरिकी डलर मूल्यका उन्नत एआई उपकरण खरिदको विषयसमेत जोडिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)