प्यान्क्रियाजको क्यान्सर उपचारमा नयाँ आशा देखाउने वैज्ञानिक : को हुन् डा. मारियानो बार्बासिड?
swasthyakhabar.com · Mon Nov 09 11:07:00 UTC 2026

काठमाडौं- प्यान्क्रियाज (अग्नाशय) को क्यान्सरलाई विश्वकै कठिन उपचार हुने क्यान्सरमध्ये एक मानिन्छ। प्रारम्भिक चरणमा लक्षण नदेखिने, रोग पहिचान हुँदा फैलिसकेको हुने र उपचारपछि पनि पुनः फर्किने जोखिम रहने भएकाले यसले चिकित्सक तथा वैज्ञानिकलाई लामो समयदेखि चुनौती दिँदै आएको छ। तर स्पेनका प्रख्यात क्यान्सर अनुसन्धानकर्ता डा. मारियानो बार्बासिडको नेतृत्वमा भएको पछिल्लो अनुसन्धानले यो क्यान्सरको उपचारमा नयाँ सम्भावना देखाएको छ।
तीनवटा औषधिको संयोजन प्रयोग गरेर मुसामा विकास गरिएको प्यान्क्रियाजको क्यान्सरको ट्युमर पूर्ण रूपमा नष्ट गर्न सफल भएको अनुसन्धानले विश्वभरका क्यान्सर अनुसन्धानकर्ताको ध्यान आकर्षित गरेको छ। उपचारपछि मुसामा ट्युमर पुनः नदेखिएको र उल्लेखनीय विषाक्त असरसमेत नदेखिएको अनुसन्धानकर्ताहरूको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)