जिसि इन्टरनेसनलको हिसाबकिताब नबुझाई बाहिरिएकी काउन्सिलर केसी, अन्य म्यानपावरसँग डिल गरेको आरोप
news24nepal.tv · Mon Nov 09 11:30:11 UTC 2026

काठमाडौँ । जिसि इन्टरनेसनल म्यानपावर प्रालिमा काउन्सिलरका रूपमा कार्यरत कविता केसी लाखौँ रुपैयाँको आर्थिक हिसाबकिताब संस्थालाई नबुझाई बाहिरिएको गम्भीर आरोप लागेको छ। संस्थाबाट अलग भइसकेपछि पनि उनले जिसि इन्टरनेसनलकै आधिकारिक कागजात र परिचय प्रयोग गरेर अन्य म्यानपावर कम्पनीहरूसँग कारोबार तथा डिल गरिरहेको विषय बाहिर आएको छ।
जिसि म्यानपावरमा आफ्ना कागजात तथा राहदानी बुझाएका एक पीडित कामदारले केसीले साइप्रस पठाउने बाहानामा ३ लाख ५० हजार रुपैयाँ मागेपछि शंका उत्पन्न भएको बताएका छन्। यस विषयमा पीडितले जिसि म्यानपावरमा बुझ्दा उनीहरूले पनि कविता केसीले संस्थाको हिसाबकिताब नबुझाई बाहिरिएको पुष्टि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)