मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवनलाई हराउँदै शीर्षस्थानमा काठमाण्डु, हेर्नुहाेस् LIVE UPDATES

ratopati.com · Mon Nov 09 14:30:00 UTC 2026

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राईनोजलाई हराउँदै काठमाण्डु गोर्खाज शीर्षस्थानमा उक्लिएकाे छ। साेमबार त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा भएकाे खेलमा चितवन १० रनले पराजित भएकाे हाे । काठमाण्डुले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले ७ विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो ।

चितवनका रवि बोपाराले ३५ बलमा ३ छक्का र २ चौकासहित ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै डन माउस्लीले ३२ बलमा ३ चौकासहित २९, कामिल मिशाराले ११ बलमा ३ छक्का र १ चौकासहित २८, अर्जुन साउदले २१ बलमा ४ चौकासहित २३ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)