मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते

khabarhub.com · Mon Nov 09 11:34:11 UTC 2026

त्रिवेणी – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् ।

आठबिसकोट नगरपालिका–५ नयाँगाउँडाँडास्थित भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)