मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद् प्रभावित अन्नपूर्णका सबै सडक सञ्चालनमा

ratopati.com · Mon Nov 09 11:48:29 UTC 2026

म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्‌बाट म्याग्दी जिल्लामा सबैभन्दा बढी प्रभावित बनेको अन्नपूर्ण गाउँपालिकाका सबै सडक सञ्चालनमा आएका छन् । गत असोज ८ गतेदेखि ११ गतेसम्मको झरीपछिको बाढी पहिरोका कारण अवरुद्ध बनेका अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडा र बस्ति जोड्ने सडक डेढ महिनापछि पूर्ण रुपमा सञ्चालनमा आएका हुन् ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले वडा नम्बर ५ मा पर्ने पाउद्धार गाउँ जोड्ने सडक मर्मतको काम आइतबार सकिएको जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)