मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दैलेख जिप दुर्घटना : मृतकको संख्या दुई पुग्यो

onlinekhabar.com · Mon Nov 09 11:52:23 UTC 2026

२३ कात्तिक, सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक सान्नीत्रिवेणी गाउँपालिका–७, कालिकोटका २२ वर्षीय योगेश सिम्खडाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि उनलाई सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको थियो । तर, चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)