मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवनविरुद्ध काठमाण्डुको खराब सुरुवात

nepalviews.com · Mon Nov 09 11:38:53 UTC 2026

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुर मैदानमा चितवनले टस जितेर बलिङ रोजेपछि काठमाण्डु पहिला ब्याटिङ गरिरहेको छ । काठमाडण्डुका लागि यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका अस्ट्रेलियन खेलाडी डेविड वार्नर चितवनसँगको खेलमा भने फेल भएका छन। उनी ६ बलमा १ रन बनाएर फास्टबलर कमलसिंह ऐरीको सिकार बने । ऐरीले उनलाई बोल्ड गरेका थिए । पावरप्लेमा काठमाण्डुले दुई विकेट गसुमाएको छ । साहिल पटेलको विकेट रिजन ढकालले लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)