मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागुऔषधसहित ९ जना पक्राउ

ratopati.com · Mon Nov 09 12:13:30 UTC 2026

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई नियन्त्रणमा लिएको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–१६ बाट एक, मोरङको बेलबारी नगरपालिका–२ कबिर टोल र बेलबारी नगरपालिका–७ पानी ट्याङ्कीबाट एक–एक, सिराहाको भगवानपुर गाउँपालिका–४ बलान खोलाबाट एक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कुण्डाबाट एक, बर्दियाको गुलरिया नगरपालिका–११ डल्लापुरबाट एक, झापाको बिर्तामोड नगरपालिका–५ सुर्यदल टोलबाट दुई र स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपधेराबाट एक जना पक्राउ परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)