६ सयभन्दा बढी गाईको सामूहिक पूजा
ratopati.com · Mon Nov 09 12:26:27 UTC 2026

दाङ । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीय लगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो ।
प्रत्येक वर्ष गाई पूजाको अवसरमा यसरी गौशालामा गाईपूजा गर्ने गरिएको फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीले बताए । सोही अनुरुप यो वर्ष पनि पूजा गरिएको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)