मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

६ सयभन्दा बढी गाईको सामूहिक पूजा

kendrabindu.com · Mon Nov 09 12:30:16 UTC 2026

दाङ । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो ।

प्रत्येक वर्ष गाई पूजाको अवसरमा यसरी गौशालामा गाईपूजा गर्ने गरिएको फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीले बताए । सोही अनुरुप यो वर्ष पनि पूजा गरिएको उनको भनाइ थियो । “प्रत्येक वर्ष गाई तिहारको दिन यसरी गौशालामै पूजा गर्ने गरिन्थ्यो”, उनले भने, “यस वर्ष पनि सोहीअनुरुप गाई पूजा गरियो ।” साही दिन लक्ष्मीको हवन पूजासमेत गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)