मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागुऔषधसहित ९ जना पक्राउ

kendrabindu.com · Mon Nov 09 12:39:20 UTC 2026

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई नियन्त्रणमा लिएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–१६ बाट एक, मोरङको बेलबारी नगरपालिका–२ कबिर टोल र बेलबारी नगरपालिका–७ पानी ट्याङ्कीबाट एक–एक, सिराहाको भगवानपुर गाउँपालिका–४ बलान खोलाबाट एक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कुण्डाबाट एक, बर्दियाको गुलरिया नगरपालिका–११ डल्लापुरबाट एक, झापाको बिर्तामोड नगरपालिका–५ सुर्यदल टोलबाट दुई र स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपधेराबाट एक जना पक्राउ परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)