मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद्ले देखाएका दुई ऐतिहासिक ‘हिम्मत’ : प्रधानमन्त्रीलाई रुलिङ, राजदूत अस्वीकृत

lokaantar.com · Mon Nov 09 12:41:22 UTC 2026

नेपालको संसदीय इतिहासमा वर्तमान प्रतिनिधिसभाले दुईवटा महत्त्वपूर्ण नजिर स्थापित गरेको छ । पहिलो, संसद्लाई लामो समयदेखि बेवास्ता गर्दै आएका प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन सभामुखले रुलिङ गरे । दोस्रो, सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेका दुई जनाको नाम संसदीय सुनुवाइ समितिले पहिलोपटक अस्वीकृत गरिदियो ।

संसदीय अंकगणितमा १७२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दलका रूपमा छ । प्रतिनिधिसभाको नेतृत्व गर्ने सभामुख पनि सत्तारूढ दल रास्वपाकै नेता हुन् । फागुन २१ गते भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित डोलप्रसाद (डीपी) अर्याल सभामुख छन् । श्रम संस्कृति पार्टीकी समानुपातिक सांसद रुबीकुमारी उपसभामुखको जिम्मेवारीमा छिन् । अर्यालको नेतृत्वमा रहेको प्रतिनिधिसभा र धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित बोधनाराण श्रेष्ठ नेतृत्वको संसदीय सुनुवाइ समितिले यी दुई महत्त्वपूर्ण निर्णय गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)