मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिल्ला प्रशासनहरूलाई गृह मन्त्रालयले भन्यो : चौबिसै घण्टा देउसी–भैलो खेल्न दिनू

annapurnapost.com · Mon Nov 09 12:33:42 UTC 2026

काठमाडौं : गृह मन्त्रालयले सुरक्षित, मर्यादित तथा सुव्यवस्थित रूपमा चौबिसै घण्टा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ।

सोमबार भएको सचिवस्तरीय निर्णय अनुसार नेपालीहरूको मौलिक, सांस्कृतिक तथा धार्मिक परम्पराका रूपमा रहेको देउसी–भैलो आवश्यक सुरक्षा अपनाएर चौबिसै घण्टा सञ्चालन गर्न दिइने भएको हो। सोही अनुसार मन्त्रालयले मौलिक कला र संस्कृतिलाई प्रोत्साहन दिने तथा सामाजिक सद्भावको संरक्षण हुने गरी अनुशासित रूपमा परम्परागत देउसी–भैलो कार्यक्रम २४ सै घण्टा सञ्चालन गर्न दिन, देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित ढङ्गले मात्र सञ्चालन गर्न दिन, कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य नपार्ने व्यवस्था मिलाउन र विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा एवम् द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, सङ्गीत वा नारा प्रयोग गर्न नदिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)