नेपाली सेनाले यसपालिकाे छठमा पनि छठी माईलाई सलामी दिने
annapurnapost.com · Mon Nov 09 13:08:31 UTC 2026

वीरगन्ज : लोक आस्थाको महापर्व छठ पूजामा सरिक हुदैं नेपाली सनाले छठी माईलाई यसवर्षपनि सलामी अर्पण गर्ने भको छ। छठ पर्वको मूख्य दिन कात्तिक २९ गते आइतबार सँझिया घाटेका दिन वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित घडिअर्वा छठघाटमा पुगेर सेनाको टोलीले छठी मैया र सुर्य भगवानलाई सलामी अर्पण गर्ने भएको हो।
यसअघि दसैंमा सप्तमीका दिन मात्रै सेनाले नवदुर्गा भवानीलाई सलामी दिने चलन रहेकोमा गत वर्षकाे छठ पुजादेखि नेपाली सेनाले वीरगन्जमा छठी मैया र सुर्य भगवानलाई सलामी अर्पण गर्न थालेको हो। वीरगन्जको श्रीपुरस्थित नेपाली सेनाको श्री श्रीजंग गणबाट प्रमुख सेनानी लोकेन्द्र कार्कीको नेतृत्वमा सेनाको वाद्यवादनसहितको परेड र मार्च गर्दै परिक्रममापछि घडिअर्वा छठघाटमा पुगेर सेनाको टोली छठघाट परिसरमा रहेको सुर्य भगवानको मन्दिरमा पुग्नेछ । त्यसपछि सेनाको टोलीले छठी मैया र सुर्य भगवान्लाई सेनाको विधि अनुसार सलामी अर्पण गर्ने प्रमुख सेनानी कार्कीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)