तिहार अवधिभर कस्तो रहला मौसम ?
annapurnapost.com · Mon Nov 09 13:29:19 UTC 2026

काठमाडौं : आगामी केही दिन देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ।
सोमबार राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै, तराई, उपत्यका र खोँचहरूमा बिहानपख हल्का हुस्सु र कुहिरो लाग्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)