देउसी–भैलो कार्यक्रममा बालेन सहभागी, ‘कुटुमा कुटु’ गीतमा छमछमी
ratopati.com · Mon Nov 09 13:47:25 UTC 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह तिहारको अवसरमा देउसी–भैलो कार्यक्रममा सहभागी भएर नाचगान गरेका छन् ।
सोमबार प्रधानमन्त्री शाह देउसी–भैलो कार्यक्रममा सहभागी भएका हुन् । उनले कार्यक्रममा चर्चित गीत ‘कुटुमा कुटु’ मा छमछमी नाच्दै रमाइलो गरेका छन् । उनी नाचेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । उनी राजनीतिक सल्लाहकार असिम शाहसहित सचिवालयका सदस्य र कलाकारहरूसँगै छमछमी नाचिरहेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)