मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्तो छ कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान

nepalviews.com · Mon Nov 09 13:45:08 UTC 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ। विभागले सार्वजनिक गरेको विवरण अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी पाँच दिनसम्म देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

विभागको पूर्वानुमानअनुसार मङ्गलबार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रही हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। यसैगरी सोमबार राति पनि हिमाली भूभागमा आंशिक बदली रही बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। कात्तिक २५ गते बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि यस्तै किसिमको मौसमी प्रणाली देखिन सक्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)