मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धान बिक्रीको पर्खाइमा बाँकेका किसान

khabarhub.com · Mon Nov 09 13:53:22 UTC 2026

राँझा (बाँके), २३ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतिक्षारत रहे पनि हालसम्म आवश्यक प्रक्रिया सुरु हुन सकेको छैन । लामो समयदेखि सो कम्पनीलाई धान बिक्री गर्दै आएका नेपालगन्ज–१९ का किसान कल्लुबहादुर वलीले यस वर्ष प्रक्रिया सुरु नभएको बताए ।

खेतबाट धान भित्र्याइसकेका किसान बिक्रीका लागि पर्खाइमा छन् । “घरभरि धान थुप्रिएको छ, राख्ने ठाउँ छैन । खाद्यले अहिलेसम्म खरिद सुरु गरेको छैन”, वलीले भने, “व्यापारीलाई नदिएर खाद्यलाई धान बिक्री गर्न प्रतिक्षा गरिहेका छौँ ।” कम्पनीले यस वर्ष २० हजार क्विन्टल धान खरिदको कोटा माग गरेकामा १० हजार क्विन्टल मात्र निर्धारण भएको नेपालगन्ज कार्यालयका प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)