तिहारमा चौबिसै घण्टा देउसी–भैलो खेल्न पाइने, मर्यादित र अनुशासित हुन गृह मन्त्रालयको आग्रह
nepalviews.com · Mon Nov 09 13:58:13 UTC 2026

काठमाडौं । गृह मन्त्रालयले तिहार पर्वका अवसरमा परम्परागत देउसी–भैलो कार्यक्रम चौबिसै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। मन्त्रालयको सचिवस्तरीय निर्णयबाट नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै सामाजिक सद्भाव कायम हुने गरी अनुशासित रूपमा देउसी–भैलो सञ्चालनको व्यवस्था मिलाउन पत्राचार गरिएको हो।
मन्त्रालयले देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित हुनुपर्ने स्पष्ट पारेको छ। कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य नपारिने व्यवस्था मिलाउनुका साथै विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायप्रति घृणा फैलाउने अश्लील नृत्य, गीत-सङ्गीत र नारा प्रयोगमा रोक लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)