राप्ती प्रतिष्ठानको ईएचएस सेवा प्रभावकारी बन्दै
barnanmedia.com · Mon Nov 09 13:42:54 UTC 2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भइरहेको अतिरिक्त स्वास्थ्य सेवा (ईएचएस) प्रभावकारी बन्दै गएको छ। विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउने, आफूले चाहेको चिकित्सक छनोट गर्न सकिने तथा अत्याधुनिक उपकरणसहितको प्रयोगशाला सेवा उपलब्ध भएपछि ईएचएसप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको हो।
प्रतिष्ठानले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म नियमित ओपीडी सेवा सञ्चालन गर्दै आएको छ भने अपरान्ह ४ बजेदेखि बेलुका ६ बजेसम्म ईएचएस सेवा प्रदान गर्दै आएको छ। इएचएसको ओटि बेलुका ८ बजेसम्म चल्ने गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)