मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

barnanmedia.com · Mon Nov 09 14:03:42 UTC 2026

यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो ।

प्रत्येक वर्ष गाई पूजाको अवसरमा यसरी गौशालामा गाईपूजा गर्ने गरिएको फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीले बताउनुभयो । सोही अनुरुप यो वर्ष पनि पूजा गरिएको उहाँको भनाइ थियो । “प्रत्येक वर्ष गाई तिहारको दिन यसरी गौशालामै पूजा गर्ने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “यस वर्ष पनि सोहीअनुरुप गाई पूजा गरियो ।” साही दिन लक्ष्मीको हवन पूजासमेत गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)