अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्यो सातबुँदे निर्देशन
nepallive.com · Mon Nov 09 14:51:01 UTC 2026

काठमाडौं– तिहारमा देउसी–भैलो खेल्ने समयको सीमा हटेको छ । गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम चौबिसै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सोमबार सचिवस्तरीय निर्णय गर्दै सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाएको हो । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्दै तिहार हर्षोल्लासपूर्वक मनाउने वातावरण बनाउन मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)