मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमान्डू गोर्खाजको लगातार चौथो जित, चितवन राइनोज १० रनले पराजित

nepalpress.com · Mon Nov 09 15:17:49 UTC 2026

काठमाडौँ । काठमान्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित निकालेको छ। सोमबार भएको खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमान्डूले आफ्नो अपराजित लय कायम राखेको हो ।

काठमान्डूले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो । प्रतिस्पर्धात्मक खेलमा अन्तिम ओभरसम्म जितको सम्भावना कायम राखे पनि चितवन लक्ष्यसम्म पुग्न सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)