कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना
nagariknews.nagariknetwork.com · Mon Nov 09 15:56:43 UTC 2026

नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्म देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
विभागले सोमबार साँझ जारी गरेको विशेष बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आगामी पाँच दिन पहाडी र हिमाली क्षेत्रमा मौसम बदली हुने भए पनि तराईका अधिकांश भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)