मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन काफ्लेको निर्देशन

ratopati.com · Mon Nov 09 16:31:23 UTC 2026

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

कार्यालयमा आज आयोजित तिहार तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाडपर्वका समयमा ट्राफिक व्यवस्थापनमा कुनै पनि कमी कमजोरी हुन नदिन उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)