चितवनलाई हराएर काठमाडौँ शीर्ष स्थानमा
saralpatrika.com · Mon Nov 09 15:52:20 UTC 2026
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अङ्क तालिकामा काठमाडौँ गुर्खाज शीर्ष स्थानमा उक्लेको छ। काठमाडौँले सोमबार भएको खेलमा चितवन राइनोजलाई १० रनले हराएको छ। काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले ७ विकटको क्षतिमा १७० रन जोड्न सक्यो।
चितवनका रवि वोपराले सर्वाधिक ५५ रनको योगदान गरे। ३५ बलको सामना गरेका उनले २ चौका र ३ छक्का प्रहार गरे। डान मुस्लीले २९, अर्जुन साउदले २३ र कमल मिश्रााले २८ रन जोडे।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)