गाई संरक्षणका लागि सहयोग जुट्दै
ratopati.com · Mon Nov 09 17:13:35 UTC 2026

कास्की । सडक तथा सार्वजनिक स्थानमा छाडिएका र बेवारिसे अवस्थामा रहेका गाईको संरक्षणका लागि पोखरा महानगरपालिका–१५ मझुवामा सञ्चालित पोखरा गौशाला (गौ सेवा आश्रम) लाई विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्दै आएका छन् ।
गौशालामा यही कात्तिक २१ गतेदेखि सञ्चालन भइरहेको ‘पञ्च दिवसीय गाई पूजा महोत्सव–२०८३’ मा गाई पूजा, दर्शन, गौसेवा तथा सहयोग सङ्कलन जारी छ । पुम्दीकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले गौशालालाई रु एक लाख ११ हजार १११ सहयोग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)