मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सञ्चारमन्त्री डा. तिमिल्सिना दोहामा

gorkhapatraonline.com · Mon Nov 09 16:59:07 UTC 2026

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को महासम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुग्नुभएका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दोहामा आयोजित मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउनुभएको छ।

कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री र सञ्चार नियामक प्राधिकरणद्वारा आयोजित बैठकमा महासम्मेलनका प्रमुख कार्यसूची, साझा दूरसञ्चार सरोकार तथा दोहा घोषणापत्रका विषयमा विचार आदानप्रदान भएको थियो। मन्त्री तिमिल्सिनाले प्रतिनिधिमण्डल प्रमुखहरूको बैठकमा समेत सहभागिता जनाउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)